Salary Tax Calculator Nepal 2083/84 — FY 2026/27
"Nepal Salary Tax for FY 2083/84 (2026/27) — what changed in Budget 2083/84, what's confirmed, what's pending....
Read more →Alpine Law Associates is the leading full-service law firm encompassing a wide range of legal practices located in Kathmandu, Nepal. It consists of a team of the country's best lawyers, each with expertise in their respective fields, tailored to meet clients' specific needs.
Anamnagar-29, Kathmandu


विवाह दुई व्यक्तिबीच प्रेम, विश्वास र प्रतिबद्धतामा आधारित सामाजिक तथा कानुनी सम्बन्ध हो। यसले परिवार र समाजलाई एक नयाँ संरचना प्रदान गर्छ। विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र नभई, दुई परिवारबीच पनि सहकार्य र सम्बन्धको पुल हो। यसमार्फत प्रेम, समझदारी, कर्तव्य र उत्तरदायित्वको विकास हुन्छ। विभिन्न संस्कृतिहरूमा विवाहलाई पवित्र र महत्वपूर्ण परम्परा मानिन्छ। विवाहले मानव जीवनमा स्थायित्व र सहकार्य ल्याउँछ, जसले व्यक्तिगत तथा सामाजिक जीवनलाई सुदृढ बनाउँछ। समर्पण र सम्मानको भावनाले सफल वैवाहिक जीवन सुनिश्चित गर्छ।
अदालती विवाह भनेको कानूनअनुसार अदालतमा दर्ता गरी गरिने वैवाहिक प्रक्रिया हो। यो विवाह सरकारी निकायको प्रत्यक्ष निगरानीमा कानुनी रुपमा सम्पन्न हुन्छ । अदालती विवाहले जात, धर्म, सम्प्रदाय आदिको बन्धनलाई भन्दा व्यक्तिको स्वतन्त्र इच्छालाई प्रमुखता दिन्छ । यस्तो विवाहले दुवै पक्षलाई कानुनी सुरक्षा प्रदान गर्दछ । वैवाहिक सम्बन्धलाई वैधानिक मान्यता दिन्छ । नेपालमा पनि मुलुकी देवानी कार्यविधी संहिता, २०७४ तथा मुलुकी देवानी कार्यविधी नियमावली, २०७५ अनुसार अदालती विवाह गर्न सकिन्छ । अदालती विवाहले सरल प्रक्रिया, न्यून खर्च र स्पष्ट अधिकारको व्यवस्था गर्ने भएकाले धेरैले यो विकल्प रोज्ने गरेका छन्।
१. पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न मञ्जुर गरेमा ।
२. कानून बमाजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नातामा नभएमा ।
३. पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा ।
४.बीस वर्ष उमेर पुरा भएमा ।
१. अदालतद्धारा दर्ता गरि विवाह
२. सामाजिक परम्परा अनुसार गरिने विवाह
नेपालीको हकमा विवाह सम्पन्न भए पश्चात सम्बन्धित वडा कार्यलयमा गएर विवाह दर्ता गर्नुपर्नेछ भने अर्का तर्फ विदेशीको विवाह पश्चात सम्बन्धित दुतावासमा गई विवाह दर्ता गर्नुपर्नेछ ।
नोटः नेपालमा अदालती प्रकिृया अनुसार समलिङ्गी विवाह दर्ता गरिदैंन तर धार्मिक विधिबाट विवाह गरेपछि सम्बन्धित वडामा दर्ता भईरहेको छ ।
अदालती विवाह सरल, कानुनीरूपमा सुरक्षित र स्वतन्त्र इच्छामा आधारित विवाह प्रक्रिया हो। नेपालमा मुलुकी देवानी कार्यविधी संहिता, २०७४ तथा मुलुकी देवानी कार्यविधी नियमावली, २०७५ अनुसार अदालती विवाह सम्पन्न गरिन्छ, जसमा दुवै पक्षको सहमति, उमेर, वैवाहिक स्थिति र कानुनी योग्यता अनिवार्य हुन्छ। जिल्ला अदालतमा निवेदन दर्ता गरी आवश्यक कागजातहरू पेश गरेपछि, अदालतले प्रमाणपत्र जारी गरेर वैवाहिक सम्बन्धलाई कानुनी मान्यता दिन्छ। यो प्रक्रिया जात, धर्म, सम्प्रदाय आदिका सीमाभन्दा माथि उठेर स्वतन्त्र र समान अधिकारको अभ्यासलाई बल दिन्छ। अदालती विवाहले व्यक्तिगत स्वतन्त्रता र समानताको सम्मान गर्दै दुवै पक्षलाई कानुनी सुरक्षा प्रदान गर्छ। साथै, अदालती प्रमाणपत्र भविष्यमा नागरिक अधिकारहरू जस्तै पासपोर्ट, नागरिकता अद्यावधिक, सम्पत्ति हक आदिमा प्रमाणका रूपमा उपयोगी हुन्छ। नेपालमा अदालती विवाह सामाजिक परिवर्तन र आधुनिक सोचको प्रतिबिम्ब बनेको छ। कानुनी प्रक्रिया पालना गरेपछि, विवाह दर्ता सहज, सुरक्षित र सम्मानजनक रूपमा सम्पन्न हुन्छ।
अदालती विवाह भनेको अदालतमा कानुनी प्रक्रिया पूरा गरी दर्ता गरिने विवाह हो, जसले दुवै पक्षलाई कानुनी मान्यता र सुरक्षा प्रदान गर्छ।
दुवै पक्षको सहमति, २० वर्ष उमेर पूरा, अविवाहित हुनु, र हाडनाता करणीमा नपर्ने सम्बन्ध हुनु आवश्यक छ।
नागरिकता प्रमाणपत्र, अविवाहित सिफारिस, अस्थायी बसोबास सिफारिस, चार प्रति पासपोर्ट साइज फोटो, र साक्षीको नागरिकता आवश्यक पर्छ।
विदेशी नागरिकको पासपोर्ट, भिसा, नो अब्जेक्सन पत्र, र विवाह सम्बन्धी कानुनी अनुवाद आवश्यक पर्छ।
सामान्यतया सबै कागजातहरू तयार भएमा २ (नेपाली - नेपाली को हकमा) देखि १७-१८ (नेपाली र विदेशी वा विदेशी नागरिक बिचको विवाह को हकमा) दिनसम्म समय लाग्न सक्छ।
विवाहको प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित जिल्ला अदालतबाट विवाह प्रमाणपत्र प्राप्त गर्न सकिन्छ।
हो, कम्तीमा दुई जना साक्षी आवश्यक पर्छन्, जसले विवाहको प्रमाणिकरणमा सहयोग पुर्याउँछन्।
हाल नेपालमा समलिङ्गी विवाह अदालती रूपमा दर्ता गर्न मिल्दैन, तर धार्मिक विधिबाट विवाह गरेपछि सम्बन्धित वडामा दर्ता गर्ने प्रचलन छ।
विवाहपछि सम्बन्धित वडा कार्यालयमा विवाह दर्ता गर्नुपर्छ, जसले विवाहलाई स्थानीय तहमा पनि मान्यता दिन्छ।
Alpine Law Associates ले आवश्यक कागजातहरूको तयारी, आवेदन प्रक्रिया, कानुनी सल्लाह, र सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सहयोग पुर्याउँछ।
Disclaimer:
This article is intended solely for informational purposes and should not be interpreted as legal advice, advertisement, solicitation, or personal communication from the firm or its members. Neither the firm nor its members assume any responsibility for actions taken based on the information contained herein.
